Logo

कञ्चनपुरको महाकाली नगरपालिकामा काँग्रेस विजयी



कञ्चनपुर, १८ असार । कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

मेयरमा काँग्रेसका वीरवहादुर सुनार ५१३४ मत सहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका किशोर लिम्बुले ४३७१ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी चिनी गिरी ५२७१ मत सहित निर्वाचित भईन ।  उनकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गंगादेवी जोशीले ४७१६ मत प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्