Logo

माघ ७ गतेभित्र सबै तहको निर्वाचन गराउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा



काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गराएर मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक बैठकमा प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको भन्दै सबै पक्षलाई सहयोग गर्न अपील गरे ।

उनले उच्च शिक्षाको प्रमुख दायित्व बोकेको त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

 



प्रतिक्रिया दिनुहोस्