Logo

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै



विराटनगर, १९ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ ।

नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा ९एमाले०का विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा ९माओवादी केन्द्र० की नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गर्नुभएको छ ।

विराटनगर–१ मा नेपाली काँग्रेस विजयी

यसैबीच, विराटनगर महानगरपालिका वडा नं १ को वडाध्यक्षमा उद्धव अर्याल एक हजार ५३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कमला रिजाल, भगवती परियार, पवन भट्टराई र रमेश साह विजयी हुनभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्