Logo

देशकै ठूलो घोराही उपमहानगर एमालेको कब्जामा, नरुलाल चौधरी मेयरमा विजयी



cpn-uml-1

दाङ,१९ असार। कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा ठुलो मतअन्तरले विजय हासिल गरेको छ।

दाङ घोराहीको मेयरमा एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे । माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सीता न्यौपाने २०७९२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७६०३ मा रोकिइन् । त्यस्तै घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्