Logo

नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी



खजुरा (बाँके), २० असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ ।

राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो । राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. सुरेशकुमार कनौडियाले आठ हजार ७३० मत ल्याउनुभएको थियो ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उमा थापामगर विजयी हुनुभएको छ । उहाँ १० हजार ७३१ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमारानी वैश्यले ८ हजार ९२४ मत ल्याउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको कुल २३ वडामध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले छ, नेकपा (माओवादी केन्द्र) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन वडा र सङ्घीय समाजवादी फोरम नेपाल दुईवटा वटामा विजयी भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्