Logo

गौरादह नगरपालिकामा काँग्रेस विजयी



दमक, २१ असार । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गर्नुभयो । यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित हुनुभएको छ । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं. २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं. १, ३, ४, ५, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएका छन् । रासस

 



प्रतिक्रिया दिनुहोस्