Logo

प्रधानमन्त्री देउवाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेर गरे राहतको घोषणा



काठमाडौं, २३ आसर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार विहान सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर पीििडतहरुलाई विशेष राहतको घोषणा गरेका छन् ।

प्रधानमन्त्री देउवाले बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने घोषणा गरेको हाम्रा सप्तरी सम्वाददाता शिवप्रताप साहले जानकारी दिए ।
प्रधानमन्त्री देउवासहितको टोलीले तिरहुत गाउँपालिकाको लोहजारा बाँधको अवलोकन गरेको छ । महोली खोलाको बाढीले यो बाँध भत्काएको छ ।

प्रधानमन्त्री देउवासँग गृहमन्त्री जनार्दन शमा पनि पुगेका थिए । बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार बाढी पीडितको साथमा रहेको बताए । उनले पीडितलाई खानाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

 



प्रतिक्रिया दिनुहोस्