Logo

तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग नबन्ने, २४० क्षेत्रमै निर्वाचन गर्ने ठूला दलको तयारी



काठमाडौं, २४ असार । निर्वाचन आयोगले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको लागि सरकारसँग आग्रह गरिरहेको बेला प्रमुख तीन ठूला दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र भने हाल विद्यमान २४० निर्वाचन क्षेत्रलाई नै आधार मानेर निर्वाचन गराउने तयारीमा जुटेको खुलासा भएको छ ।

अहिलेको संविधान १६५ क्षेत्रमात्र रहने व्यवस्था उल्लेख छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नेछ।

आगामी माघ पहिलोसाताभित्रै संसदीय चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्वाचन क्षेत्र निर्धारण गर्न समयको चाप पर्दै गएको देखिन्छ। समयको अभावका कारण कतै निर्वाचन तोकिएकै मितिमा हुँदैन कि भन्ने आशंकाले ठूला दलहरु हाल विद्यमान रहेको २४० क्षेत्रमा निर्वाचन गराउने पक्षमा जुटेको खुलासा भएको छ ।

स्थानीय तहको २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको निर्वाचन सकिएको छ ।अब तेस्रो चरणको निर्वाचन लगत्तै प्रदेशसभा र संघीय संसदको निर्वाचनको तयारीमा सरकार सक्रिय हुनुपर्ने भएकोले आयोग गठनबारे पहल गर्न निर्वाचन आयोगले अहिले देखि नै सरकारलाई झकझकाईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्