Logo

रामचन्द्रलाई एक्ल्याउन सशांकसँग नजिकिँदै देउवा



काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालावीच अहिले सम्बन्ध सुमधुर बनेको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कोइराला परिवारसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्ने आन्तरिक तयारी गरिसकेका छन् ।

स्रोतका अनुसार देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई बाईपास गरेर अघि बढ्ने रणनीति लिएका छन् । कोइराला परिवारमा उनले सशांकसँग विशेष सम्बन्ध बनाएर जाने योजनाका साथ आफूलाई प्रस्तुत गरिरहेका छन् ।

आज मात्रै भएको कोइराला परिवारको एक कार्यक्रममा प्रधानमन्त्री देउवा आँफै महाराजगञ्जस्थित् सशांक निवासमा पुगेका थिए । देउवा निकट स्रोतका अनुसार उनले यतिवेला पूर्ण रुपमा ध्यान सशांकसँग सम्बन्ध सुमधुर बनाएर अघि बढ्न चाहेका छन् ।

मन्त्रिमण्डल विस्तारमा पनि उनले सशांकको कोटामा एक मन्त्रालय दिने तयारी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्