Logo

संविधान संशोधनमा देउवाको ‘नो ईन्ट्रेष्ट’, आईतबार मन्त्रिमण्डल विस्तार गर्ने



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी आईतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व हुने मन्त्रीहरुलाई आईतबार आफू नेतृत्वको सरकारमा सहभागी गराउने अन्तिम तयारी गरिसकेका छन् ।

देउवा निटक उच्च स्रोतले भन्यो,‘उहाँले यही आउने आईतबार नै मन्त्रिपरिषद विस्तार गर्नुहुन्छ, सबै तयारी पूरा भैसकेको छ।’ उनका अनुसार देउवाले पार्टीबाट मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको नाम टुँगो लगाईसकेका छन् ।

त्यस्तै उनले आजमात्रै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि मन्त्रिपरिषद विस्तारबारे छलफल गर्दैछन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैंककबाट संभवत् आज स्वदेश फर्किंदैछन् । प्रचण्डसँग पनि प्रधानमन्त्री देउवाले भोलि छलफल गर्ने निधो गरेका छन् ।

यही असारभित्रै संविधान संशोधन प्रस्ताव पारित गराउने अठोट गरेका सत्तारुढ दलले तत्काललाई चुनावमा केन्द्रित हुने जनाईसकेका छन् । अब लगभग संविधान संशोधनको सभांवना टरेको छ । असोज २ गते हुने स्थानीय तहको २ नम्बर प्रदेशको निर्वाचनमा केन्द्रित हुने प्रमुख दलहरुको तयारी रहेको छ ।

तत्काललाई निर्वाचन क्षेत्र निर्धारण आयोग समेत गठन नहुने देखिएको छ। यता निर्वाचन आयोगले तत्काल प्रदेश र केन्द्रिय संसदको निर्वाचनको मिति सरकारसँग माँग गरिसकेको छ । तर, त्यसको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने हुन्छ । दलहरुवीचको खिचातानीले गर्दा तत्काल आयोग गठन हुने अवस्था देखिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्