Logo

पदभार सम्हाले लगत्तै प्रधानन्यायाधीश पराजुलीले अघि सारे ३९ बुँदे कार्ययोजना (फोटोफिचर)



काठमाडौं, २ साउन । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव–करिव सहमति भएको बताएका छन् ।

सोमबार राष्ट्रपति विद्या भण्डारीसामू सपथ लिएका पराजुलीले सर्वोच्च पुगेर पदभार ग्रहण गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन् । उनले भने,‘अतिरिक्त काम गरेर भएपनि जनतालाई सेवा दिन सबै न्यायाधीश लालायित हुनुहुन्छ ।’

पराजुलीले न्यायाधीशहरुलाई ओभरटाइम गराउने योजना अघि सारेका छन् । साथै दीपकराज जोशीलार्ई आफ्नो उत्तराधिकारी भन्दै उनले दुबै एक भएर काम गर्ने बताएका छन् ।

३९ बुँदे कार्ययोजना अनुसार नै अघि बढ्ने बताए । प्रधानन्यायाधीश पारदर्शी र उत्तरदायी होस् भन्ने सञ्चारकर्मीहरुले हेर्न चाहेको भन्दै उनले त्यो पूरा गर्ने उनको भनाई थियो । उनले भने,‘कसले के प्रकाशन गर्यो, के र्गयो हिजोको कुरा छोडिदिऊँ, म पारदर्शी, एकदम उदार दिलको र कहि कुनै ठाउँमा आफ्नो कर्तव्यबाट च्युत नहुने र उत्तरदायीपूर्ण काम गर्छु ।’

उनले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रष्ट रहेको दाबीसमेत गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्