Logo

पूर्व राजा ज्ञानेन्द्र नर्भिक अस्पताल भर्ना, मुटुमा समस्या देखियो



काठमाडौं, ४  साउन । पूर्व राजा ज्ञानेन्द्र शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको छ । शाहलाई आज विहान भर्ना गरिएको हो । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको छ ।

शाहको शुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्