Logo

कांग्रेसको २ नम्बर प्रदेशको राष्ट्रिय भेलामा चुनाव जित्ने रणनीति बुनिँदै



काठमाडौं, ५ साउन । प्रमुख दल नेपाली कांग्रेसले आउने असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा एक सय भन्दा बढि सिट जित्ने लक्ष्य लिएको छ ।

बिहिबार काठमाडौंमा आयोजित २ नम्बर प्रदेशको राष्ट्रिय भेलामा कांग्रेसले १०० सिट जित्ने टार्गेट प्रस्तुत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
त्यस्तै उसले तराई÷मधेसमा आफ्नो प्रतिस्पर्धी मधेसी दल नभएर एमाले भएको पनि दाबी गरेको छ । भेलालाई सम्बोधन गर्दै कांग्रेस प्रभावशाली नेता विमलेन्द्र निधिले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि प्रतिष्ठाको विषय भएको दाबी प्रस्तुत गरेका थिए ।

उनले अघिल्लो चरणको चुनाव पार्टी्भित्रकै गुट–उपगुटका कारण तथा अन्य प्राविधिक कारणले हारिएको उल्लेख गर्दै तेस्रो चरणको निर्वाचनबाट पहिलो बन्ने दाबी गरे । उनले भने,‘हाम्रै कारणले पहिलेको चुनावमा हारिएको हो, तेस्रो चरणमा अघिको क्षतिपूर्ति असुल गर्ने गरी पार्टी अघि अगाडी बढ्छ ।’

भेलामा उक्त प्रदेशबाट निर्वाचित सांसद, केन्द्रीय सदस्य, जिल्ला सभापति र पराजीत जिल्ला सभापतिहरु समेत सहभागि छन् । अहिले देखि नै चुनावी अभियानमा लाग्दा पार्टीभित्रको गुट कमजोर हुने र एकतावद्ध भएर निर्वाचन जान सहज हुने नेताहरुको विश्वास छ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता बिमलेन्द्र नीधिले तेस्रो चरणको चुनावमा कांग्रेस पहिलो बन्ने रणनीति बनाउन भेला आयोजना गरिएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्