Logo

पूर्व न्यायाधीश दासको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन,



काठमाडौं, ५ साउन । सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

बिहीबार सिंहदबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिमरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले दासको संयोजकत्वमा आयोग गठन गरेको हो । उक्त आयोगमा सदस्यहरु माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा पौडेल समेत रहेका छन् ।

त्यस्तै आजको बैले मुख्य सचिव डा. सोमलाल सुवेदीको राजिनामा पनि स्विकृत गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्