Logo

देउवा र प्रचण्डले बेवास्ता गरेपछि राप्रपा सरकारमा नजाने !!



काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी जनाउन तयारी अवस्थामा रहेको राप्रपालाई अन्तिम समयमा आएर बेवास्ता गरेपछि राप्रपा तत्काल सरकारमा नजाने अवस्थामा पुगेको छ ।

सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले राप्रपालाई सम्मानजनक मन्त्रालय दिने मनस्थिति बनाएका छैनन् । सत्तारुढ दलले नै यसरी बेवास्ता गरेपछि राप्रपा नेताहरु सरकारमा सहभागी नहुने निश्कर्षमा पुगेका छन् ।

राप्रपा नेता दिलनाथ गिरीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा सरकारमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म कुनै टुँगो नलागिसकेको दाबी गरे । उनले भने,‘राप्रपा र प्रधानमन्त्री देउवासँग सरकार गठनबारे कुराकानी भएकै छैन, हामीलाई सम्मानजनक मन्त्रालय नदिने हो भने हामी सरकारमा जाँदैनौं।’



प्रतिक्रिया दिनुहोस्