Logo

राजपामा भाँडभैलो, महन्थ र राजेन्द्र चुनावको विपक्षमा, महेन्द्र र शरद पक्षमा, हृदेश तेस्रो समूह निर्माणको तयारीमा



काठमाडौं, ६ साउन । राजपाको अध्यक्ष मण्डलको आजको बैठकमा शीर्ष नेताहरुवीच नै चर्काचर्की परेको छ ।

पार्टी मुख्यालय विजुलीबजारमा बसेको अध्यक्ष मण्डलको बैठकमा ५ जनै अध्यक्ष मण्डलका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
राजपामा यतिवेला चुनावमा सहभागी हुने वा नहुने भन्नेबारेमा चर्को विवाद देखिएको छ। यथास्थितिमा चुनावमा जानै हुँदैन भनेर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरिरहेका छन् । उनीसँग अर्का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोपनि यतिवेला कुनैपनि हालतमा चुनावमा जान हुँदैन भन्ने पक्षमा उभिएका छन् ।

तर ठाकुर र महतो एउटा कित्तामा उभिरहेको बेला अध्यक्ष मण्डलका सदस्यहरु क्रमशः महेन्द्र राय यादव र शरतसिंह भण्डारी र अनिल झाले चुनावमा जानुपर्ने अडान लिईरहेका छन् । तर अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव भने बीचमा उभिएका छन् । चुनावमा जाने वा नजानेबारे उनले अहिलेसम्म मुख खोलेका छैनन् ।

यता अर्का प्रभावशाली नेता ह्ृदेश त्रिपाठीले तेस्रो धारको नेतृत्व गरिरहेका छन्। पार्टी गठन भएको तीन महिना पुगेको छ । यति छोटो अवधिमा पनि राजपाका शीर्ष नेताहरुवीच एकता देखिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्