Logo

साताभर १६५ कम्पनीहरुको कारोबार हुँदा कस्तो रह्यो नेप्से ?



साउन ६, काठमाण्डौ । धितोपत्र बजारले नयाँ आर्थिक वर्षलाई हरियो झण्डा देखाएर स्वागत गरेको थियो । सुरुका केही दिनमा एक अर्वभन्दा बढिको कारोबार भएको शेयरबजारमा पछिल्लो दिन भने सामान्य अंकले गिरावट आउन थालेको छ ।

यो साता नेप्से समग्रमा ५२ अंकले बढेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९४३७ कारोबारबाट चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो ।

गत साता १६८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२२४५ कारोबारबाट चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका एक करोड १४ लाख ३८ हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२८ करोड ३४ लाख ४० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (७ लाख १८ हजार कित्ता) को आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या  (३७०१ वटा) को आधारमा फर्वाड कम्युनीटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो, फर्वाड कम्युनीटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड दोस्रो, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक तेस्रो, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो र नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पाचौँ स्थानमा रहेका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  यस साता सूचिकरण तर्फ स्वदेशी लघुवित्त वित्तीय संस्था लि.  साधाराण,  ज्योती विकास बैंक लि. हकप्रद, हाम्रो विकास बैंक लि. हकप्रद, विकास ऋणपत्र साधारण र सिभिल बैंक लिको बोनस रहेको छ । आर्थिक वर्ष २०७४–७५ सुरु भएपछि केही दिन लागातार बढेको नेप्से साताको अन्त्यतिर सामान्य अंकले घटेको थियो ।



प्रतिक्रिया दिनुहोस्