Logo

डा.केसीद्धारा ११ औं आमरण अनसन सुरु (फोटोफिचर)



काठमाडौ, ९ साउन । त्रि.वि. शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् ।

अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । डा. केसी गणेशमान सिंह भवनमा अनसन बसेका छन् ।

उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् । साथै त्रिविले खोसको अधिकार आईओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नु पर्ने उनको माग छ ।

डा. केसीले शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको भएको बताए । निजी अस्पताल जस्तै महंगो भएको भन्दै उनले इमर्जेन्सीमा एउटै बेडमा ३ जनासम्म विरामी राख्नु पर्ने बाध्यता रहेको सुनाएका छन् ।

डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने बताए ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्