Logo

संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति बैठक सुरु



काठमाडौं, ११ साउन । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठक आजदेखि २ नं. प्रदेशको चुनाबी रणनीति तयार पार्नको लागि सुरु भएको छ ।

बैठक आजदेखि राजधानीमा सुरु भएको केन्द्रिय सदस्य डा. विरेन्द्र प्रसाद महतोले जानकारी दिए । काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल भैरहेको उनले जानकारी दिए ।

बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समिक्षा एवं छलफल हुनेछ। यसैगरी, स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावको लागि नयाँ रणनीति बैठकले तय गर्ने नेता नेपालले बताइन्।

 



प्रतिक्रिया दिनुहोस्