Logo

देउवा सरकारमा १९ मन्त्री थपिए, नयाँ मन्त्रीहरुले सपथ लिए (हेर्नुहोस फोटोफिचर)



काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्तीमगर र शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका हुन् ।
कांग्रेसबाट थपिएका मन्त्रीमा वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना , यज्ञबहादुर थापाले कानुन मन्त्रालय, मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय

गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि र राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

त्यस्तै, माओवादी केन्द्रबाट पनि आज ६ जना नयाँ मन्त्री थपिएका छन्। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बनेका छन् । महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बनेका छन ्। माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बन्ने भएका छन्। उनको पोर्टफोलियो भन्ने टुङ्गो लाग्न बाँकी छ। त्यस्तै माओवादीबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी मन्त्री बन्दैछन्।

माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ। जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बनेका हुन्।
नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देव र गोपाल दहितले पनि आजै सपथ लिएका छन् नेकपा संयुक्तकी मिथिला चौधरीले पनि मन्त्रीको सपथ लिएकी छिन ।

 

 



प्रतिक्रिया दिनुहोस्