Logo

नेपाल–भारत सम्बन्ध अन्तर्राष्ट्रिय चासोको विषय : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाल–भारतबीचको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा पनि चासोको विषय बनेको बताउनुभएको छ ।

नेपाल र एसियाली अध्ययन केन्द्र र राजनीतिकशास्त्र अध्ययन सङ्घद्वारा आज आयोजित ‘बदलिँदो राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्ध’ विषयको एक कार्यक्रममा उहाँले भन्नुभयो – “आर्थिक र सामाजिक निकटता र आपसी सद्भावका कारण जनस्तरमा समेत दुई देशको सम्बन्ध मजबुत र प्रगाढ छ । नेपालले यो गतिशील सम्बन्धलाई उच्च मूल्यांकन गरेको छ ।”

नेपालको पूर्वाधार, सामाजिक र आर्थिक विकासमा भारतको निरन्तर सहयोगको सराहना गर्दै उप्रधानमन्त्री श्रेष्ठले वर्तमान अवस्थामा नेपालको व्यापार घाटा कम गर्न भारतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बहुआयामिक सम्बन्ध अझ बलियो बनाउन अनुसन्धानमूलक संस्थाले वस्तुनिष्ठ ढङ्गबाट गरेको अध्ययनको सुझावलाई आधारमा मान्न सकिने उहाँको भनाइ थियो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले दुई देशबीचको सम्बन्ध सधँै विशिष्ट खालको रहँदै आएको र त्यसलाई भन्दै भारतले उच्च सम्मान दिएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्