Logo

छिमेकीसँगको व्यापार घाटा न्यूनिकरण गर्नु नै मेरो प्राथमिकता : अर्थमन्त्री कार्की



काठमाडौं, १४ साउन । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छिमेकी मुलुकसंगको व्यापार घाटालाई न्युनिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

भोजपुरे सेवा समाजले शनिबार काठमाडौमा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नेपालले छिमेकी मुलुकसंगको व्यापारमा निरन्तर घाटा व्यहोरिरहनु परेको र यसले समग्र नेपाललाई नै नोक्सानी भएकाले व्यापार घाटालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कृषि र जलश्रोत क्षेत्रलाई प्राथमिकता दिने समेत बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक आन्दोलनको समाप्ती भईससकेको भन्दै स्रोत र साधनको उपयोग गर्दे मुलुकको समृद्दि तर्फ अघि बढ्नुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा मन्त्री कार्कीलाई भोजपुरे सेवा समाजले सम्मान गर्दे भोजपुर जिल्लाको आवश्यकतालाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्