Logo

नेपाली साहित्य नर्वेमा फैलाउँदै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे



काठमाडौँ १७ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेले नेपाली साहित्य नर्वेमा फैलाउने प्रत्यत्न गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्तीका अवसरमा समाजले नर्वेको राजधानी ओस्लोमा आयोजना गरेको कार्यक्रममा दर्जनौँ कवि कवियत्रीहरुले आफ्नो कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ नर्वेका अध्यक्ष सञ्जीवकुमार थापाले नर्वेमा पहिलो पटक भानुभक्तको सम्झनामा कार्यक्रम भएको भन्दै प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ ।”

विद्यावारिधी शोधकर्ता देवेन्द्रप्रसाद अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका उपाध्यक्ष शालिकराम अर्याल, प्राध्यापक विशाल सिटौलालगायतले भानुभक्त नेपाली साहित्यका धरोहर भएकाले उहाँको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेले कार्यक्रम गरेर राम्रो कार्यक्रम गरेको बताउनुभयो ।

नेपालबाट पहिलोपटक नर्वे गएर बसोबास गर्नुभएका हेम गुरुङले पहिलोपटक नेपाली साहित्यसम्बन्धी यति ठूलो कार्यक्रम भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

समाजका अध्यक्ष विष्णुमाया विभुले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन आफु निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । हरेक कार्यक्रममा महिलाको कम प्रतिनिधित्व भएको अवस्थामा साहित्य क्षेत्रमा महिलाको सहभागीता बढ्दै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

समाजका सचिव बरुण पौडेलले सबैलाई स्वागत गर्दै नेपाली साहित्यलाई नर्वेमा चिनाउन यो कार्यक्रमले थोरै भएपनि मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सागर काफ्ले, विकल्प अधिकारी, डिपी न्यौपाने, अमरसिंह, देवी चरण चम्लागाईँ, खुम ढकाललगायतले भानुभक्तको सम्झनामा कोरीएको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपाली साहित्यलाई मायाँ गर्ने ४० भन्दा बढी नेपालीको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्