Logo

भरतपुर वडा १९ को लागि आज निर्वाचन मिति आउने



चितवन, १७ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि दलहरुले जित्ने रणनीति बनाउन गृहकार्य थालेका छन् ।

विशेष गरी भरतपुर महानगरको मेयर पद हत्याउनको लागि दलहरु जित्ने रणनीति बनाउन कस्सिएका छन् । नेकपा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्र तथा नेपाली कांग्रेस गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेणु दाहालबीच नै वडा नम्बर १९ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

दलहरु वडाको अन्य पदमा भन्दा पनि मेयरमा पदमा अत्याधिक मत ल्याउने कार्ययोजना बनाउन दलहरु लागेका छन् । वडा नम्बर १९ मा कसरी अघि बढ्ने भन्ने विषयमा नेकपा एमाले चितवनको आज मंगलबार बैठक बस्दैछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्