Logo

मन्त्रीपरिषदको बैठक बस्दै, मृतकका परिवारलाई एक लाख दिने तयारी



साउन २९, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले बाढी पीडितलाई राहतको प्याकेज घोषणा गर्ने तयारी भइरहेको छ । रक्षामन्त्री भिमसेनदास प्रधानले दिएको जानकारी अनुसार मृतकका परिवारलाई करिब १ लाख रुपैयाँ दिने विषयमा छलफल भइरहेको छ । प्रधानले आफू एक लाख रुपैयाँभन्दा बढि रकम दिने पक्षमा रहे पनि परम्परा अनुसार एक लाख रुपैयाँ दिनुपर्नेमा गृहमन्त्री जनार्दन शर्माले जोड दिएको बताए ।
बैठकले राहतका साथै उद्धार कार्यलाई पनि अझ प्रभावकारी बनाउने निर्णय गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्