Logo

किन आउँदैछन चिनिया उपप्रधानमन्त्री नेपाल ? यस्तो छ कार्यतालिका



साउन ३०, काठमाण्डौ । चीनका उपप्रधानमन्त्री वाङ याङ आज नेपाल भ्रमणमा आउँदैछन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका नेपाल भ्रमणमा आउन लागेका हुन ।

६२ बर्षीय याङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार भ्रमणका एजेण्डा माथि विभिन्न तहमा मन्त्रालय र अन्तरमन्त्रालयका वीचमा छलफल भइरहेको छ ।

राष्ट्रपति सि चिनफिङको यो बर्षपनि भ्रमण हुने संभावना नरहेपछि उनको विशेष दुतका रुपमा उपप्रधानमन्त्री वाङ नेपाल आउन लागेका हुन् ।
उपप्रधानमन्त्री वाङको भ्रमणका क्रममा पारवाहन तथा अन्य सम्झौता कार्यान्वयन र अन्य सहयोगबारे छलफल हुने बताइएको छ । विगत पाँच बर्षयता चीनका तर्फबाट हुन लागेको यो उच्चस्तरिय भ्रमण हो । वाङले भोली बिहान वसन्तपुर दरवार स्क्वायर क्षेत्रको पुनर्निर्माण कार्यको शिलान्यास गर्नेछन् । यस्तै पुनर्निर्माणमा चिनियाँ सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।

याङले चिनसंग भएका विगतका सम्झौताहरुलाई कार्यान्वयन गर्ने विषयमा समेत आफ्ना समकक्षी परराष्ट्रमन्त्री महरासंग छलफल गर्ने कार्यक्रम छ । चिनिया उपप्रधानमन्त्री याङलाई पर्यटनमन्त्री जितेन्द्र देवले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्