Logo

राहत सामाग्री बितरण



सिकेन्द्र पासवानः बारा, साउन ३० गते । बाढीबाट प्रभावित भएकाहरुलाइ दैविक प्रकोप उद्दार समिती बाराले राहत सामाग्री बितरण गरेका छन् ।

केही दिनदेखि परेको अविरल बर्षासंगै आएको बाढीबाट पिडित भएको जिल्लाका मनगढवा, बातरा, तेलकुअवा, सिसहनिया, बघवन, खोपवा, जितपुर सिमराको बसतपुर टोल, नितनपुर, कोल्हबीनपा, निजगढ नपाका विभिन्न वडाहरुको सयौं ब्यक्तिहरुलाइ चामल, दाल, चिउरा, दालबुट, चाउचाउ र खानेपानी समेत राहतका सामग्री बितरण गरिएको उदार समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बिजयनारायण मान्नधरले बताउनु भयो ।

यसैगरी आरडिसी, युएनडिपी, लायन्स क्लब सिमरा, गढीमाइ साझेदारी वन व्यबस्थापन समिती पथलैया, राजपा, सघिय समाज बादी फोरम र नेपाल परिवार दल समेतले बाढी पिडितहरुलाइ राहत समान बितरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्