Logo

प्रचण्डकै अगाडि ओलीलाई देखाउँदै देउवाले भने,“म ओलीजीकै समर्थनमा संशोधन प्रस्ताव पारित गराएर देखाउँछु”



काठमाडौं, ३२ साउन । प्रमुख तीन दलका शीर्ष नेताहरुको निर्णायक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै अगाडि संविधान संशोधन प्रस्ताव पारित गराएर देखाउने उद्धघोष गरेका छन् ।

तीन दलका शीर्ष नेताहरु सम्मिलित उक्त बैठकमा बडा रोमान्टिक मुडमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखाउँदै भनेका थिए,“हेर्दै जानुहोला, प्रचण्डजी म यो संशोधन प्रस्ताव ओलीजीकै समर्थनमा पारित गराउँछु।” देउवाले यति भनिसकेपछि प्रचण्डलेपनि मुसुक्क हाँस्दै अब गर्नुहोस यो सबै तपाईको काँधमा छ भन्दै देउवालाई हौस्याएका थिए ।

स्रोतका अनुसार बैठकमा देउवाले संशोधन प्रस्ताव यही भदौ ५ गते पेश गर्ने समेत जनाएका थिए । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“ म भदौ ७ गते भारत जान्छु, भारत जानु अघि नै संशोधन प्रस्ताव पेश गरेर पारित गराउँछु, हेर्दै जानुहोला रात गए अग्राख पलाए भनेजस्तै मसँग अझै ५ दिन बाँकी छ है, यो बीचमा म जसरीपनि प्रस्ताव पास गराएरै छोड्छु।”

रमाईलो त के भने प्रचण्डले देउवालाई ईंगित गर्दै महाकाली सन्धि पारित गराएझैंगरि यो संशोधन प्रस्ताव पनि पारित गराउनको लागि आफ्नो पूर्ण साथ र सहयोग रहने र त्यसैगरि एमालेलाईपनि विश्वास लिनको लागि आग्रह गरेका थिए ।

त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाले जसरीपनि प्रस्ताव पारित गराउँछु भनेर दाबी गर्नु भनेको कतै एमाले फुटाउने खेल त होईन ? भनेर एक नेताले ठट्टा समेत गरेका थिए ।

तर यता एमाले संसदीय दलका उपेनता सुवास नेम्बाङले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भनेका छन्,“लेखेर राख्नुहोस देउवाजीले संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित गराउन सक्नुहुन्न किनकी उहाँले भनेजस्तो हाम्रो अध्यक्ष कमरेड ओलीजीले साथ दिनुहुन्न।”

हुन त यसअघि संविधान संशोधन विधेयकमाथिको दफावार छलफल सकेर बुधबार नै संसदमा निर्णयार्थ पेश हुने कार्यसूची थियो। एकै दिन छलफल पनि नसकिने र राप्रपा अध्यक्ष थापाले भदौ ४ गतेसम्म पर्खन भनेकोले त्यसपछि मात्रै संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्