Logo

निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ



ललितपुर, ३२ साउन । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले दोस्रो संविधानसभाबाट जारी गरिएको नेपालको संविधान पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

सुनाकोठी समाज परिवारद्वारा यहाँ आज आयोजित भीमसेनको मूर्ति स्थापना कार्यक्रममा उहाँले स्थानीय निकायअन्तर्गत तेस्रोे चरणको निर्वाचन सौहार्दपूर्ण रुपले सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले आउँदो माघ ७ भित्र प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्नसमेत आग्रह गर्नुभयो ।

स्वदेशमै उद्योग खोलेर रोजगारीका लागि विदेशिएका युवालाई फर्कने वातावरण निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परिवारका अध्यक्ष विनोद डंगोलले नेवार समुदायको सबैभन्दा ठूलो देवताका रुपमा भीमसेनलाई मान्ने गरेको बताउनुभयो । ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी मन्दिर प्राङ्गणमा सो मूर्तिको स्थापना गरिएको छ ।

उक्त मूर्तिको उचाइ १२ फिट अग्लो रहेको बताइएको छ । मूर्तिको कूल लागत रु एक करोड रहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्