Logo

हेटौँडामा राप्रपाको बैठक शुरु



हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिनुभयो ।

पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताउनुभएको छ । पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन आज हेटौँडा आउनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्