Logo

भदौ ५ गते संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्छौं, एमालेको समर्थनविना पारित गर्न गाह«ो : कानूनमन्त्री थापा



काठमाडौं, १ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संसदमा निर्णयार्थको प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविना पारित हुने संभावना नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले एमालेविना संशोधन प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने बताएका हुन् । उनले भने,‘संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेश हुँदैछ, एमालेको समर्थनविना संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने अवस्था छैन, त्यसैले एमालेले सहयोग र समर्थन गरेन भने प्रस्ताव पारित हुने संभावना छैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्छ कि पुग्दैन भनेर मसिनो गरि होमवर्क गर्दा पनि प्रस्तावको पक्षमा अहिले दुई तिहाई पुग्ने अवस्था देखिएको छैन, त्यसैले एमालेले पनि अब उक्त प्रस्ताव पारित गराउन सहयोग गर्नुपर्छ।’

उनले एमाले अहिले मुलुकको पहिलो पार्टी बन्ने लक्ष्यमा रहेकोले उक्त लक्ष्य हाँसिल गर्नको लागि पनि उसले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई मध्येनजर गरेर संसदमा रहेको प्रस्तावलाई पारित गराउन सहयोग गर्नुपर्ने बताए ।

मन्त्री थापाले अहिले सदनमा प्रस्तुत भएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित नभएको समेत दाबी गरे । उनले थपे,‘एमालेले अहिले दम्भ नदेखाए हुन्छ, अहिले यो एमालेको परिक्षणको घडी हो, उ पनि अहिले परिक्षा दिने घडीमा उभिएको छ, पास हुने वा फेल हुने उसको कुरा हो।’

उनले सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयत्न गर्ने समेत विश्वास दिलाए । उनले भने,‘सरकारमात्रै नभएर सबै दलहरुले राष्ट्रियबोधका साथ पारित गराउन लाग्नुपर्छ।’

संवैधानिक हिसावले पनि संशोधन प्रस्तावको कन्टेन्टमा भदौ ४ गतेदेखि दफाबार छलफल हुने भएकोले अहिले नै प्रस्तावको बारेमा कमेन्ट गरिहाल्नु उचित नहुने मन्त्री थापाको भनाई थियो । उनले भने,‘मधेशपनि नेपाल नै हो, मधेश पनि देशकै अंग हो।’ उनले संशोधन प्रस्ताव पारित नभएपनि राजपा चुनावमा जाने विश्वास दिलाए ।

संविधानलाई सर्वस्विकार्यता बनाउनको लागि पनि एमालेले प्रस्तावको पक्षमा मत हाल्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाई थियो । उनले थपे,‘हुन त अहिले एमालेको पछिल्लो रबैया हेर्दा स्थिति गाहा«े छ, तर परिस्थितिको चाप र दबाब धान्न एमालेलाई गाह«ो छ।’

चुनावको माहोल बनाउनको लागि संशोधन प्रस्ताव पारित गराएर जानुको विकल्प नभएको उनले स्पष्ट पारे । ‘प्रस्ताव पारित गराउनको लागि पार्टीले ह्विप जारी गरिसकेको छ, त्यसैले प्रस्ताव पारित हुने मैले संभावना देख्छु’ उनले थपे।

मन्त्री थापाले प्रदेश नम्बर २ मा हुने असोज २ गतेको निर्वाचनमा समेत आफ्नो पार्टी पहिलो बन्ने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्