Logo

पत्रकार महासङ्घमा पनि काँग्रेस र माओवादी केन्द्रको गठबन्धन, कोको बने उम्मेद्वार



काठमाडौँ, १ भदौ । नेपाल पत्रकार महासङ्घको आसन्न २५ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरका संयुक्त समूहबाट गोविन्द आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

युनियन र सेन्टरले बुधबार राति पत्रकार सम्मेलन आयोजना गरी आचार्यको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेका हुन् ।

उक्त समूहको उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुल्ला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतल महतो र कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार हुनुहुन्छ । अरु पदाधिकारी र सदस्य केही दिनमै टुंग्याइने जनाइएको छ ।

यही भदौ ५ गते हुने महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल र प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले संयुक्त हस्ताक्षरसमेत गर्नुभएको छ ।

घोषणा सभामा महासङ्घका पूर्व अध्यक्ष सुरेश आचार्य र धर्मेन्द्र झाले महासङ्घको गरिमा र साझा चरित्र जोगाउनका लागि आचार्यको समूहलाई निर्वाचित गर्न आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्