Logo

प्रचण्डले भने,‘वाइसियल पुनगर्ठित जनमुक्ति सेना हो’



काठमाडौं, २ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर भए अहिलेको परिवर्तन नै उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)को दोस्रो राष्ट्रिय सम्मेलनको भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘वाइसियल पुनर्ग्ठित जनमुक्ति सेना हो । हतियारमा निपुर्ण, दुःख गर्न सक्ने, युद्धलाई शान्तिमा बदल्न सक्ने शक्ति यो हो ।’

आफ्नो पार्टीको अनितम लक्ष्य समाजवाद नै भएको भन्दै प्रचण्डले समृद्धिको बिग्रेड बन्न सकेमात्र समाजवादमा जान सहज हुने बताए । अवको परिवर्तन सात साल र १७ सालको जस्तो नउल्टने भन्दै उनले यसलाई व्यवस्थापन भने जरुरी रहेको बताए ।

पहिलो संविधानसभाअघि मधेस पूरै माओवादीमय भएपनि दोस्रो संविधानसभासम्म त्यसलाई बचाउन नसकिएको प्रचण्डको स्वीकारोक्ति थियो । मुलुकबाट दुई किसिमका अतिवादी राष्ट्रबाद नरोके मुलुक फाँसिवादतर्फ जाने भन्दै त्यसका लागि सबै सर्तक रहुनपर्ने बताएका छन् ।

मधेसी अतिवादी राष्ट्रवाद र पहाडिया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने बताएका हुन् । उनले दुवै किसिमका राष्ट्रवाद मुलुकका लागि खतरनाक भएको भन्दै तयसलाई रोक्न जरुरी भएको धारणा राखे ।

उनले अघि थपे,‘यो देशमा दुईवटा अतिवादी राष्ट्रवाद छन् र पहाडीया अतिवाद राष्ट्रवाद र मधेसी अतिवादी राष्ट्रवाद यी दुवै रोकेर सबैको एकतासहितको राष्ट्रवाद कायम गर्न जरुरी छ,’

अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्ने उनको भनाई थियो । दाहालले भने,‘तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्तत्वगत्वा फाँसिवादमा पुगिने छ ।’



प्रतिक्रिया दिनुहोस्