Logo

शीतलनिवासमा सुरु भयो राष्ट्रपतिले डाकेको शीर्ष नेताहरुको बैठक



काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बैठकमा प्रमुख तीन दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।

शितल निवास स्रोतले दिएको जानकारी अनुसार संविधान संशोधन, निर्वाचन र बाढी पीडितहरुकोबारे केन्द्रित रहेर छलफल सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।

त्यस्तै एमालेबाट अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता झलनाथ खनाल सहभागी छन् ।

यता नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्