Logo

मधेश डुबानमा भारतको दोष देख्नु नेपालको मुर्खता हो, हामीले विहारको डुबानलाई पनि ख्याल गर्नुपर्छ: श्रममन्त्री मन्सुर (भिडियोसहित)



भदौ ५, काठमाण्डौ । श्रममन्त्री फर्मुल्लाह मन्सुरले तराई मधेसमा भएको डुबानमा भारतको कत्ति पनि दोष नरहेको बताएका छन् ।

पत्रकार ऋषि धमलालसँग ‘धमलाको हमला’ कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले तराई मधेशको डुबानलाई लिएर भारतलाई गाली गर्नुको कुनै कारण नरहेको बताए । भारतलाई गाली गर्नु हाम्रो मुर्खता हो । मधेश डुब्छ, अनि दोष भारतको देख्नु कत्तिको जायज हो भनेर प्रतिप्रश्न समेत गरे ।

‘तराई मधेस डुबानलाई लिएर भारतको विरोध गर्नु वा गाली गर्नुको कुनै कारण छैन । डुबान हुनुमा नेपाल आफै दोषी छ ।’ मन्त्री मन्सुरले भने ।
मन्त्री मन्सुरले कोशीको बाँधका ढोकाको कारणले डुबान भएकै होइन । कोशी ब्यारेजको ढोका खोल्दा बिहार डुबानमा पर्छ । त्यतातिर पनि हामीले ध्यान दिनुपर्छ । उनले भने ।

प्रकृतिक विपत्तीसँग सामना गर्न नेपाल आफैले पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए ।
पैसाको बिटो ल्याएर बदनाम गर्ने प्रयास
श्रममन्त्री मन्सुरले फ्रि भिसा र फ्रि टिकटका विषयमा आफूलाई बदनाम गराउन केही रोजगार व्यवसायीहरू लागेको आरोप लगाए ।
‘फ्रि भिसा र फ्रि टिकट बन्द गराउन लगाएर मलाई बदनाम गराउन केही व्यवसायीहरू लागेका छन् । पैसाको बिटो ल्याएर दिने प्रयास गरेका छन्’, उनले भने, ‘तर, म एकईञ्च पनि बिचलित भएको छैन । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने पनि म मान्दिन । बरु राजीनामा दिन तयार छु ।’

मन्सुरसँगको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला



प्रतिक्रिया दिनुहोस्