Logo

कांग्रेसमाथि यसरी खनिए वामदेव गौतम



काठमाडौ, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रमुुख दल नेपाली काँग्रेस नै विकास विरोधी पार्टी भएको टिप्पणी गरेका छन् ।

उनले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो आरोप लगाएाक हुने । उनले कांग्रेसले मुलुकमा शासन गर्ने अवसर पाएपनि त्यसलाई कहिल्यैपनि सही सदुपयोग नगरेको बताएका हुन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष गौतमले धेरै पटक शासन सत्ता सम्हालेको कांग्रेसले देश र जनताको पक्षमा अग्रगामी सोच समेत राख्न नसकेको आरोप लगाए ।

उनले भने,“कांग्रेसले धेरै पटक शासन गर्यो, तर सही सदुपयोग गर्न सकेन्, त्यही भएर मुलुकको विकास हुन नसकेको हो।” राजसंस्थाले जति काम गरे पनि त्यसको दश प्रतिशत काम पनि कांग्रेसले नगरेको भन्दै कांग्रेस विकासवादी पार्टी नभई विकास विरोधी पार्टी भएको औँल्याए । उपाध्यक्ष गौतमले पार्टीमा प्रवेश

गरेकाहरूलाई जनता र राष्ट्रको सेवा गर्ने अवसर दिने बताए ।



प्रतिक्रिया दिनुहोस्