Logo

प्रचण्डले चाहेरपनि अहिले देउवाको साथ छोड्न नसक्ने !



काठमाडौं, १५ भदौ । पछिल्लो समय सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच चिसोपन सुरु भएको छ ।

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग विच्चिएका छन् । उनले पछिल्लो पाँच दिन यता देउवासँग कुनै सम्वाद नै गरेका छैनन् । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री देउवाले नेपालको संविधान संशोधनबारे विवादस्पद अभिव्यक्ति दिएको भन्दै प्रचण्डले सार्वजनिक असन्तुष्टि नै पोखेका थिए ।

बजारमा यतिवेला माओवादी केन्द्रले देउवाको साथ छोड्ने चर्चा चलिरहेको छ । तर माओवादी केन्द्रका ‘हाई–कमाण्ड’ नेताहरु नै तत्काल गठबन्धन तोड्न नहुने पक्षमा उभिएका छन् । यद्यपि चुनाव घोषणा भइसकेको अवस्थामा यो त्यति सजिलो कोर्स होइन । तत्काल कांग्रेस–माओवादी केन्द्रको गठन्धन तोड्न नहुने पक्षमा माओवादी शीर्ष नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन लगायत छन् ।

तर, अर्को पक्षका शीर्ष नेता नारायणकाजी श्रेष्ठ भने गठबन्धन जसरी पनि तोड्नुपर्ने पक्षमा उभिएका छन् । उनको साथमा नेताहरु क्रमशः टोप बहादुर रायमाझी र रामबहादुर थापा छन ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेससँगको चुनावी तालमेलले पार्टीलाई राम्रो स्थानमा उभ्याउन सफल भएका अध्यक्ष प्र्रचण्डले चाहेरपनि देउवाको साथ छोड्ने अवस्था भने अहिल्यै नै भैनसकेको बताईएको छ ।

भारत भ्रमणमै रहेको बेला प्रधानमन्त्री देउवाले असोज ८ गते नेपालको संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिलाई प्रचण्डले खुलेरै विरोध गरेका थिए ।

प्रचण्डले देउवाको अभिव्यक्ति आएको अर्को दिन अर्थात भदौ ९ गते सुर्खेतमा र भदौ १४ गते विराटनगरमा पुगेर आफ्नो मत राखेका थिए । प्रधानमन्त्री देउवाले पनि दिल्लीबाट फर्कंदा विमानस्थलमा र त्यसको अर्को दिन संसदमा बोलेर आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्