Logo

प्रचण्डका कारण सरकारमा सहभागी हुने पशुपतिको तयारीमा ‘ब्रेक’!



काठमाडौं, १६ भदौ । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण आज सरकारमा सहभागी हुने राप्रपा प्रजातान्त्रिकको योजनामा ब्रेक लागेको छ ।

राप्रपा प्रजातान्त्रिक आज नै सरकारमा सहभागी हुने योजना थियो । राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको थियो ।

तर, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल नगरी आफूलेमात्रै एकल निर्णय लिन नसक्ने जवाफ प्रधानमन्त्री देउवाले दिएपछि अध्यक्ष राणा हिस्स बनेका छन् ।

स्रोतका अनुसार प्रचण्ड यही भदौ १९ गतेमात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रचण्ड अहिले चुनावी दौडाहाको लागि मधेशमा छन् ।

हुन त सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरीसकेका थिए । तर कति मन्त्रालय दिने भन्नेबारे अहिले नै दुई नेताहरुवीच कुनै समझदारी भएको छैन ।

राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा, रामकुमार सुब्बा र रेशम लामा मध्ये एकलाई सरकारमा पठाउने भएको हो ।



प्रतिक्रिया दिनुहोस्