Logo

कांग्रेसले २ नम्बर प्रदेशमा एक्लै चुनाव लड्छ, कसैसँग तालमेल गर्न आवश्यक छैन : गुरुङ



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता एवम् सांसद धनराज गुरुङले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी कुनैपनि पार्टीसँग तालमेल नगरी चुनाव लड्न सक्षम रहेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद गुरुङ्ले कांग्रेस आँफै एक्लै चुनाव लड्न सवल र सक्षम रहेको बताएका हुन् । उनले भने,‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, कसैसँग पनि तालमेल गर्न जरुरी छैन्।’ उनले यसअघिका चुनावी तालमेलमा पार्टीले गलत गरेको समेत गुनासो पोखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब हुने चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गरेका हुन् । यद्धपी उनले पार्टीको सम्पूर्ण तयारी र वर्तमान अवस्थामा पूर्ण रुपले राम्रो छ भन्ने अवस्था भने अहिले नै भन्न नसकिने जिकिर गरे । उनले थपे,‘पार्टीका शीर्ष नेताहरु आज त टिकट टुँगो लगाउने भनेर कस्सिनुभएको छ, चुनाव आउन अब जम्माजम्मी थोरै दिन बाँकी छ।’

त्यस्तै उनले तराई मधेशमा बाढि पीडितहरुको लागि राहत वितरणमा गलत भएको भनेर चर्चा तथा परिचर्चा गर्नुको साटो बाढि समस्याको समाधान दिर्घकालिन रुपमा खोज्न सरकार लाग्नुपर्ने सुझाए । उनले भने,‘के कारणले तराई मधेश वर्षेनि डुबानमा पर्छ, यसको कारण खोज्नुपर्छ, मित्रराष्ट्र भारतसँग कुटनैतिक रुपमा सरकारले कुरा राख्नुपर्छ।’

 



प्रतिक्रिया दिनुहोस्