Logo

मन्त्री बन्न नपाएपछि बोहरा कमल थापाको शरणमा, राणाका १० सांसद राप्रपामा ल्याउने वचन !



काठमाडौं, १८ भदौ । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले मन्त्रीमा तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सुटक्क बुझाएपछि मन्त्री बन्ने तमतयारीमा रहेका सांसद दिपक बोहरा एकाएक बिच्किएका छन् ।

अन्तिममा आएर बोहराको नाम कटाएर राणाले तीन जनाको मात्रै नाम देउवालाई बुझाएपछि बोहरा राणासँग बिच्किएका हुन् । उनले पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापासँग बाक्लो हिमचिम बढाएका छन् । स्रोतका अनुसार उनले थापालाई राप्रपा प्रजातान्त्रिकबाट कम्तिमा दश सांसद लिएर आउने वचन समेत नेता बोहराले दिएका छन् ।

यता अध्यक्ष राणाले प्रधानमन्त्री देउवासामू बुझाएका नाममा सुनिल बहादुर थापा, रामकुमार सुब्बा र विक्रम पाण्डेको मात्रै नाम छ ।

सुरुमा चार मन्त्रालय दिएमात्रै पार्टी सरकारमा जाने अध्यक्ष राणाले बताउँदै आएका थिए । तर, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन भन्दा बढि मन्त्रालय दिन नसकिने अडान लिएपछि बाध्य भएर राणाले पार्टीका तर्फबाट तीन जनाको मात्रै नाम दिएका हुन् ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएकार र उक्त भ्रष्टाचारको मुद्दामा पूर्वमन्त्री बोहरा पनि अख्तियारको फन्दामा पर्ने भएपछि देउवाले बोहरालाई मन्त्री नबनाउने निर्णय गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्