Logo

राष्ट्रपति भण्डारी–प्रधानमन्त्री देउवा भेट



काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख भएका बुँदा, कोशी परियोजनामा नेपाली जनताले पाउनुपर्ने मुआब्जा, डुबान समस्या निराकरण गर्न संयुक्त प्राविधिक टोली बनाउनेलगायत अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद धिमिरले जानकारी गारउनुभयो ।

भेटमा परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्चसरकारी अधिकारीको समेत उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्