Logo

दलितको उत्थानको लागि काँग्रेसले खेलेको भूमिका महत्वपूर्ण : मन्त्री विश्वकर्मा



नुवाकोट, २१ भदौ । वाणिज्य मन्त्री मिन विश्वकर्माले दलित समुदायको उत्थानको निमित्त नेपाली काँग्रेसले प्रमुख भूमिका खेलेको बताएका छन् ।

नेपाल दलित संघ, नुवाकोट आयोजनामा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नेपाली काँग्रेसले दलितहरुको उत्थान र अधिकारको लागि राज्यको तर्फबाट आयोग देखि विभिन्न उत्थान कार्यालयहरु स्थापना गरि काम गरेको बताए ।

उनले मुलुकमा लोकतन्त्र ल्याउनेदेखि संविधान सभाबाट सम्पूर्ण जातजाती र भाषाभाषीको हकअधिकार सुनिश्तिचत गराउने कार्य काँग्रेसले गरेको बताए ।
मन्त्री विश्वकर्माले परम्परागत पेशालाई स्थापति र स्थायित्व दिनको लागि व्यवसायीक करमा छुट दिने नीति ल्याउने सरकारले गृहकार्य गरिरहेको खुलासा गरे ।

उनले नेपाली काँग्रेसले दलितलाई आर्थिक, समाजीक र राजनीतिमा स्थापति गर्नको लागि पार्टीले नेतृत्वदायी भूमिका खेलेको प्रष्ट पारे । काँग्रेसले पार्टीको गहन जिम्मेवार दिएर उदारणीय कार्य गरेको ठोकुवा गरे ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं सांसद जगदिश्वर नरसिंह केसीलेदलित उत्थानको निम्त्ति अधिकारको साथ साथै क्षमता अभिवृद्धि गर्नु पर्नेमा कुरामा जोड दिए ।

नेपाली काँग्रेसको राजनीतिक इतिहासमा दलित समुदायको पनि महत्वपूर्ण भूमिका रहको बताए ।

कार्यक्रममा नेपाल दलित आयोगका पूर्व उपाध्यक्ष दिपक सुनिलले स्थानिय तहको निर्वाचनमा दलितलाई नेतृत्वदायी भूमिका नदिएकोप्रति आक्रोस व्यक्त गरे ।

यसै क्रममा नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारीले निर्वाचनमा अन्तर्घात गर्ने काँग्रेसका जुनसुकै नेता तथा कार्यकर्तालाई कारवाही नगरेसम्म पार्टी बलियो नहुने ठोकुवा गरे । दलितको उत्थानको निम्त्ति राज्यले महिला र पुरुष दवैलाई सगसगै लैजानपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका संयोजक शन्तमान तामाङ्गले नेपाली काँग्रेसले दलतिलाई महामन्त्री बनाउनेदेखि राज्यलाई समावेसी बनाउन कदमजम नारालिएर अगाडी बढेको बताए ।

सम्मानीत हुनेहरुमा स्थानिय तहमा निर्वाचित जिल्ला समन्वय समिति संयोजक शन्तमान टामाङ्ग लगायतलाई प्रमुख अतिथि वाणिज्य मन्त्री मिन विश्वकर्माले सम्मान गरेका थिए ।

Share this:



प्रतिक्रिया दिनुहोस्