Logo

उम्मेद्वारी चयनलाई लिएर सिरहा कांग्रेसमा खुकुरी हानाहान



काठमाडौं, २१ भदौ । सिरहा नगरपालिकाको मेयरको टिकट विवादलाई लिएर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सिरहामा दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।

पार्टीले केन्द्रीय कोषाध्यक्ष सीतादेबी यादवका छोरा डा. सुभाषचन्द्र यादबलाई मेयरको उम्मेद्वार बनाउने निर्णयपछि असन्तुष्ट अर्को पक्ष आक्रोसित भएको हो । असन्तुष्ट पक्षको नेतृत्व गरेको उपेन्द्र यादव र डा. सुभाषचन्द्र यादवका समुहबीच खुकुरी हानाहान भएको हो ।

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट दुबै पक्षका एक दर्जन घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव लगायत कार्यकर्ता घाइते भएका छन् ।

सिरहा नगरपालिका पूर्वउपमेयर उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्