Logo

प्रदेश नम्बर २ को निर्वाचनमा उत्साहपूर्वक रुपमा शान्तिपूर्वक मनोनयन सम्पन्न : निर्वाचन आयोग



भदौ २२, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचनमा उत्साहपूर्वक रुपमा शान्तिपूर्वक मनोनयन सम्पन्न भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

नेपाली रेडियो नेटवर्ककको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ढकालले उत्साहजनक मनोनयसँगै चुनावमा मतदाताको पनि उत्साहजन सहभागिता जनाउने जिकिर गरेका छन् । उनले चुनावका लागि आयोगले सबै तयारी पुरा गरिसकेको जानकारी समेत दिएका छन् । अब २४ गतेभित्र सबै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने बताएका छन् ।
सबै दलले आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएकाले चुनावमा कुनै समस्या नहुने प्रवक्ता ढकालको भनाई छ । अहिलेसम्म आचारसंहिता पूर्ण पालना भएकोसमेत ढकालको दाबी छ । अत्यावश्यक कामका लागि आयोगले सहमति दिने गरेकाले आचारसंहिताको पालनामा सबै पक्षले सहयोग गरेको उनको भनाई छ ।
निर्वाचनका बेला राज्यकोषको दुरुपयोग हुन नदिनका लागि आयोग सचेत रहेकाले त्यस्ता गतिविधि नुहुने विश्वास ढकालको छ । सुक्ष्म अनुगमनकर्तासमेत परिचालन गरिएको जानकारी दिदै आचारसंहिता पालना नभएको पाइए नियम अनुसार कारबाही गरिने प्रवक्ता ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस्