Logo

रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा



काठमाडौं, २२  भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नदाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नदालले ६-१, ६-२ र ६-२ को सोझो सेटमा जितेका हुन् ।

यो जितसँगै स्पेनिस टेनिस स्टार नदालले स्विस खेलाडी रोजर फेडेररसँगको सम्भावित सेमिफाइनल भिडन्त तय गरेका छन् ।

क्वाटरफाईनलमा फेडेररले हुँवा मार्टिन डेल पोट्रोको सामना गर्दैछन् । उक्त खेल जितेको खण्डमा फेडेररको भिडन्त नदालसँग हुनेछ ।

युएस ओपन टेनिसमा हालसम्म फेडेरर र नदाल आमने सामने भएका छैनन् । पुरुष एकलतर्फको अर्को सेमिफाइनलमा स्पेनका कारेनो बुष्टा र दक्षिण अफ्रिकाका केभिन एण्डर्सन भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्