Logo

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक प्रमाणिकरण



काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणिकरण गरेकी छन्।

व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्