Logo

बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री बस्नेत



नवलपरासी, २४ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बिपी जन्मजयन्तीको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्छ भन्नुभयो ।

उहाँले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्