Logo

एमाले म्याद गुज्रिएको औषधीजस्तैः कोइराला



shekhar

सिरहा, २६ भदौ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एमाले र मधेसी दल मिति सकिएका औषधी जस्तै भइसकेको दाबी गर्दै यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस सिराहा नगर समितिले सन्हैठामा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै कोइरालाले एमालेको नक्कली राष्ट्रबाद र मधेसी दलको उग्रमधेसवादको नाराले तराई–मधेस र पहाडका बीचमा सामाजिक सदभाव विथोलिने र देशलाई जातिय द्धन्द हुन सक्ने खतरा औंल्याउँदै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले मधेसी दलले सिर्जना गरेको भ्रमबाट मुक्त हुन मधेसी जनतालाई आग्रह समेत गरे । कोइरालाले मधेसको समस्या कांग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी समेत गरे । कार्यक्रममा कोषाध्यक्ष सितादेबी यादव लगायतले समेत आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्