Logo

ठूला दलले मधेशी जनातालाई ठग्दै आएको आरोप



धनुषा, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधँै ठग्दै आएको आरोप लगाउनुभएको छ ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधँै मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाउनुभएको हो ।

तेस्रोचरणको २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा जनकपुर आइपुग्नु भएका अध्यक्ष यादवले संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने उल्लेख भएपनि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले ५४ जनाको मन्त्रिमण्डल विस्तार गरेकामा आपत्ति जनाउँदैँ उहाँले यस कार्यले भ्रष्टचारलाई बढवा दिने बताउनुभयो ।

उहाँले अहिलेको स्थानीय तहको संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको क्षेत्रफल धेरै टाढासम्म रहेकोले यो खर्चिलो भएको स्पष्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्