Logo

मधेशले नेपालको नेतृत्व गर्नुपर्छ : डा भट्टराई



धनुषा, २६ भदौ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेशले नेपालको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

जनकपुरमा २ नं प्रदेशको विकास र समृद्धिबारे m पार्टीको अवधारणा सार्वजनिकीकरण कार्यक्रममा सम्बोधन गर्दै डा भट्टराईले भन्नुभयो, “मधेश केन्द्रित दल मधेशी जनताका लागि इमान्दार भएको भए मधेश र मधेशी जनताले उहिल्यै नै अधिकार पाइसकेको हुन्थे ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आफू प्रधानमन्त्री रहेको बेला गठन गरिएको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन प्रस्ताव गरी कार्यान्वयन गरेमा मधेशले स्वतः अधिकार पाउने विचार व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्